काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोलाका दरले घटेकोको हो ।
महासंघका अनुसार आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँ रहेको छ । यसअघि गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँका दरले कोरोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि गत शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको थियो ।
नेपाली बजारमा आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको छ ।