काठमाण्डौं । गायक चन्दन शंकरको ‘चुपचाप’ बजारमा सार्बजनिक भएको छ । यस गीतमा गायक शंकरकै शब्द÷संगीत र फणिन्द्र राईको संगीतसंयोजन रहेको छ ।
प्रेमभावमा तयार पारिएको यस गीत उनको दोस्रो सिजर्नना हो । शंकरको पहिलो गीत ‘जिन्दगी मेरो केवल तिमी’ यसअघि सार्वजनिक भइसकेको छ ।
प्रेमीप्रेमिकाबीच कुनै कुरामा असमझदारी पछि एकले अर्कोलाई फकाउन गरेको प्रयास गीतले व्यक्त गरेको छ । सेमी क्लासिकल शैलीको यो गीतको भिडियोमा चन्दन स्वयं फिचर्ड छन् ।
चुपचाप छौ किन, केही त बोल न
चुपचाप छौ किन, केही नजिक बसिदेऊ न
रिसाएकी छौ किन ?
एकचोटि हाँसी देऊ न ।
गीतसंगीत क्षेत्रमा पारिवारिक वातावरण पाएका शंकर विद्यालय शिक्षापछि काठमाडौं छिरे । समयको लहडसँगै वैदेशिक रोजगारीमासमेत बिताए । तर पनि उनको गीत संगीत तर्फको रुची बुझाई र लगावलाई निरन्तरता दिए । फलस्वरुप ‘चुपचाप’ बजारमा आएको छ । आफूले अन्य गीतको पनि तयारी गरिरहेको र संगीत क्षेत्रलाई निरन्तरता दिंदै अघि बढ्ने उनको लक्ष रहेको बताउँछन् ।
‘चुपचाप’लाई ‘चन्दन शंकर‘ युट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।