क्वालालम्पुर । ब्लकबस्टर चलचित्र जारी मलेसियामा पुनः प्रदर्शन हुने भएको छ । यसअघि १५ बढी हलहरूमा चलचित्र प्रदर्शन गरेको अग्नि ग्लोबल मेनेजमेन्ट मलेसियाले पुनः २ ठाउँमा प्रदर्शन गर्न लागेको हो ।
लिम्बू संस्कार संस्कृतिमा आधारित कथानक चलचित्र जारीको यसअघि जोहोर, मलका, सेलाङगर, इपो पेराक र पेनाङ लगायत १५ भन्दा बढी हलहरुमा सफल प्रदर्शन भएको थियो ।जोहोरको पासिर गुडाङ र बातु पाहात यी दुई ठाउँबाट प्रदर्शनको लागि धेरै माग भएपछि उक्त स्थानमा चलचित्र प्रदर्शन गर्न लागिएको ग्लोबल मेनेजमेन्टका डाइरेक्टर राजु तामाङले जानकारी दिए ।
तामाङका अनुसार सुअरा स्कृन पासिर गुडाङ र पारागोन सिनेमाज बातु पाहातमा दिउँसो १, ३ र ७ बजे जारी प्रदर्शन हुनेछ ।
उपेन्द्र सुब्बाको लेखन/निर्देशन तथा दयाहाङ राई र मिरुना मगर स्टारर चलचित्र जारी बाँसुरी फिल्मको निर्माणमा बनेको हो । जारीको नेपाल लगायत थुप्रै देशमा सफल सफल प्रदर्शन गरिसकेको छ ।