November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

रियाशा दाहालले भिक्टर पौडेलसँग गरिन् विवाह

1.4K

काठमाडौँ । रियाशा युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी कलाकार रियाशा दाहालले विवाह गरेकी छन् । उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन् ।

उनीहरूको विवाह समारोह भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ । रियाशा र भिक्टर ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ तर उनीहरूले आफ्नो प्रेम सम्बन्धबारे बताएका थिएनन् ।

उनी पछिल्लो समय टेलिसिरियल ‘गाह्रो छ हो’ मा काम गरिरहेकी छन् । यस टेलिसिरियलमा रियाशा धनी बाबुकी छुच्ची छोरीको भूमिकामा देखिरहेकी छन् । उनले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन् ।

Advertisement