नडाहा । कवि तथा लेखक भीम विरही राईको साकेला गीत ‘किराँती भेषमा’ साजन राई अफिसियल युट्युब च्यानलआर्फत आजबाट बजारमा आएको छ ।
लामो समय भारतीय सेनामा जीवन बिताएका राई, सेनामा कार्यारत रहदा पनि थुप्रै उल्लेख्य सिर्जनात्मक कार्यहरु गरेका थिए । यस अघि उनका उपन्यास तथा उनको सम्पादनमा कैयौं पत्रपत्रिकाहरु प्रकाशित भइसकेका छन् । स्वदेश फर्किएपछि झनै सिर्जनाक्षेत्रमा समर्पित बन्ने क्रममा उनले उक्त गीत बजारमा ल्याएका हुन् ।
उनले सो गीतलाई किरात राई समुदायको महान पर्व उभौलीको अवसर पार्दै बजारमा ल्याएका हुन् । गीतलाई गीतकार राईको धर्मपत्नी सुना बान्तावाले उत्पादन गरेकी छिन् ।
सो गीतमा साजन राई र लिला राईले सुमधुर दिएका छन् भने सङ्गीत साजन राईको रहेको छ । यस्तै एरेन्ज दिनेश राईले गरेका छौ ।
किङ स्टुडियोमा रेकर्ड गरिएको उक्त साकेला गीतलाई रेकर्ड शुरेश राईले गरेका छन् । यसको भिडोयो क्रिएसन जस्केलो भिडियोले गरेका छन् ।
सो गीत सार्वजनिक पश्चात् गीतकार भीम विरही राईले आफ्नो समुसायको ठूलो चाड उभौलीको अवसरमा यसरी गीत सार्वजनिक हुनु भनेको अहोभाग्य रहेको बताए । ‘म आफ्नो संस्कार र सस्कृतिभित्र रमाएर कलम चलाउने मान्छे भएकोले पनि समय त्यस्तै जुरेको छ। फेरि यतिबेला हामी आफ्नो पहिचानका आधारमा प्रदेशको नाम खोजिरहेका छौँ । यतिबेला यस्ता किसिमका गीत बजारमा ल्याउँदा अरु खुसी छु । साथै यो गीतलाई जस्तो देख्नुहुन्छ त्यस्तै भनिदिनुहोस । जसको कारणले आउने दिनमा अरु सुन्दर सिर्जना गर्न सकुँ।’, उनले भने ।