November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चर्चित गीत ‘देम सारो’ कभर गायन प्रतियोगिताका विजेता सुदन राई

2.1K

काठमाडौं । नवगायकहरुको प्रोत्साहन स्वरुप गायक राजेश पायल राईद्धारा आयोजित ‘कभर गायन प्रतियोगिता’मा सुदन राई विजेता भएका छन् । आफ्नो एल्बम ‘दर्शन नमस्ते–५’ को चर्चित गीत ‘देम सारो’ रिलिज अघि नै सुपरहिट भएको खुशीयालीमा उनले यस प्रतियोगिताको आयोजना गरेका थिए ।

फुर्वा शेर्पाका अनुसार उक्त प्रतियोगितमा हजार भन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये २८० जनाको गीतलाई आरपीआर म्युजिक एकेडेमी नामक युट्युब च्यानलमा अपलोड गरिएको थियो । प्रतियोगितामा सर्वप्रथम उत्कृष्ट ३० छनौट गरिएको थियो । ३० बाट उत्कृष्ट १० छनौट गरिएको थियो, जसबाट गत आइतबार सुदन राईलाई विजेता घोषणा गरिएको थियो ।

विजेतालाई आरपीआर म्युजिक एकेडेमीको तर्फबाट गीत रेकर्डिङ गरिदिने भएको छ । उक्त गीतमा राजेश पायल राईकै संगीत रहने विजेता सुदन राईले जानकारी दिएका छन् । गायक सुदन राई हाल जापानिज कम्पनीमा कार्यरत छन् । उनले विदेशी भूमिमा रहेर पनि सांगीतिक क्षेत्रमा आफ्नो निरन्तर भूमिका रहने बताए ।

Advertisement