November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

शेखर लामाको ‘चरिकोटे कान्छी’ रिलिज।

7.1K


मनि थेबे , भिएन्ना अष्ट्रिया |
अष्ट्रिया निवासी चिर परिचित गायक तथा संगीतकार शेखर लामाको शब्द, संगीत र आवाजमा नयाँ गीत तथा भिडियो ” चरिकोटे कान्छी ” सार्वजनिक गरिएको छ। मिथुन बिजी र भिसन दोङ्गको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोलाई अजय गोलेले छायाँकन तथा सुर्य लामाले सम्पादन गरेका छन्। दोलखा चरिकोटमा छायाँकन गरिएको भिडियोमा मिथुन बिजी र सन्जु लामा फिचर्ड छन् भने भाइन भीमफेदीको अफिसियल युट्युब च्यानल मार्फत भिडियोलाई सार्वजनिक गरिएको छ।

https://youtube.com/watch?v=Kyr8yMAQYr8


बि सं २०५९ सालबाट संगित यात्रा शुरु गरेका लामाको यस अघि बगैंचा र रिकवेस्ट (Request) नामक एल्बम अनि तिम्रै माया लाग्छ ( अन्जु पन्त संग युगल ), छुर्पी मिठो फुङ्गलिङको , केहि नबोली , सान्नानी , आमा र सोल्मारी जस्ता अनगिन्ति म्यूजिक भिडियो रिलिज भैसकेका छन्।

Advertisement