April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ललितपुरमा लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन

7.5K

काठमाडौं । सिसेक्पा तङ्नामको अवसरमा लिम्बु भाषाको नाटक ‘सिसेक्पा’ मञ्चन भएको छ । नाटक आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको हो ।

किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको उक्त नाटकलाई सागर केरुङ्ले लेखेका हुन् निर्देशन यासेली योङ्हाङ्ले गरेका हुन् ।

लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को बिषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।

Advertisement