April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्यासिफिक इन्टरनेशनल कलेजद्धारा आयोजित कार्यक्रमका लागि मास्टरसेफ शाह अष्ट्रेलिया जाँदै

1.6K

लन्डन । मास्टरसेफ सन्तोष शाह अष्ट्रेलिया जाने भएका छन् । बीबीसीको चर्चित रियालिटी सो मास्टरसेफ यूकेका फस्ट रनरअप शाह अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजको आयोजनामा विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमका लागि अष्ट्रेलिया जान लागेका हुन् ।

सोमबार सिड्नीको ग्रानभीलमा कलेजले पत्रकार सम्मेलन गरी नेपाली खानाका परिकारहरुको प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा सहभागी शाह उपस्थित हुने जानकारी गराएको हो । कलेजका निर्देशक गणेश केसीले मास्टर सेफ सन्तोष शाहको साथमा नेपाली खाना र संस्कृतिलाई मनाउनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

जसमध्ये पहिलो ‘पप अप’ किचन कार्यक्रम आगामी मे २ तारिखदेखि ६ तारिखसम्म नमस्ते रेष्टुरेण्ट टाउन हलमा आयोजना गरिएको उनको भनाई छ । जुन कार्यक्रममा मास्टर सेफ शाहले आफ्नो पाक कला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू तयार गर्ने बताईएको छ । यस कार्यक्रमले खाना प्रेमीहरूलाई नेपाली खानाको अनुपम स्वादको स्वाद लिन र सिक्ने अवसर प्रदान गर्ने केसीले जानकारी दिए ।

Advertisement

त्यस्तै दोश्रो कार्यक्रमको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रममा शाहले अष्ट्रेलियामा रहेका प्रशंसकहरू, खाना उत्साहीहरू र नेपाली समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्नेछन् । यस कार्यक्रमले उपस्थितहरूलाई प्रश्न सोध्ने, फोटो खिच्ने र मास्टर सन्तोष शाहको पाक यात्राको बारेमा थप जान्नको लागि अवसर प्रदान गर्नेछ ।

अन्तिम कार्यक्रमको रुपमा शाह मे १३ तारिख नेपाल फूड फेस्टिभलमा सहभागी हुनेछन् । जसमा विभिन्न नेपाली परिकार, संगीत र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत रहने पत्रकार सम्मेलनको क्रममा जानकारी गराईएको थियो । उक्त कार्यक्रमले सहभागीहरूलाई नेपालको समृद्ध र विविध संस्कृति, यसको खाना र कलाको माध्यमबाट अनुभव गर्ने मौका प्रदान गर्ने बताईएको छ ।

सबै कार्यक्रमहरू नेपाली भाषामा आयोजना हुने भएकाले नेपाली समुदायका नेपाली भाषी सदस्यहरूलाई मास्टर सन्तोष शाहसँग जोडिने र सिक्ने अनुपम अवसर प्रदान गर्ने निर्देशक केसीले बताए । कार्यक्रममा उपस्थित हुन समेत उनले सबैसँग आग्रह गरेका छन् ।