April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोरोना कहरः क्रिसमसअघि बेलायतमा कडा प्रतिबन्ध घोषणा

2.3K

लण्डन–कोरोना महामारीका कारण बेलायतमा राजधानी लण्डनसहित केही क्षेत्रमा चौथो चरणको कडा प्रतिबन्ध घोषणा गरिएको छ।

शनिबार राति भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले पहिले बनाइएको योजनाअनुसार यसपटक क्रिसमस मनाउन नपाउने बताए। उनले आइतबारदेखि लागू हुने गरी पूर्वी र दक्षिणपूर्वी इंग्ल्याण्डका केही क्षेत्रमा प्रतिबन्ध लागू हुने बताए। 

प्रतिबन्ध लागू गरिएका क्षेत्रमा मानिसहरुलाई आवश्यक नभएसम्म घरबाट बाहिर ननिस्कन भनिएको छ। घरबाट बाहिर निस्कँदा एकभन्दा बढी मानिसलाई नभेट्न पनि निर्देशन दिइएको छ। 

Advertisement

बेलायत सरकारले यसअघि क्रिसमसका बेला ५ दिन प्रतिबन्धहरु खुकुलो बनाएको जनाए पनि महामारी बढदै गएपछि एक दिनमा सीमित गरिएको छ। 

प्रधानमन्त्री जोन्सनले प्रतिबन्ध लागू गरिएका क्षेत्रमा क्रिसमसका दिन बाहिरी मानिससँग भेटघाट नगर्न भनेका छन्।