गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को चुनावसँग सम्बन्धित रहेर (२०२१–२०२३) को कार्यकालको लागि महासचिवका प्रत्यासी खुशी लिम्बूसँग चुनावकै विषयमा लण्डन नेपाल न्यूजले गरेको कुराकानीको सम्पादित अंशः
तपाई एनारएनए यूकेको सन् (२०२१–०२३) का लागि आफुलाई महासचिवको उम्मेदवारी दर्ता गराएर यतिवेला मतदाताको घरदैलोमा दौडिरहनु भएको छ मत माग्नका लागि, मतदाताहरुको प्रतिकृया कस्तो पाउनु भएको छ ?
सधैं भन्दा यस पटक एनआरएनए यूकेको इतिहासमा पहिलो पटक भोट अनलाईन मार्फत हुँदै छ । अलिकति हामी उम्मेदवारका लागि र मतदाताहरुका लागि पनि विल्कुलै नयाँ अनुभव छ । समग्रमा ठिकै छ, घरदैलो गर्न पाएको छैन । मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर मिलेको छैन, कोभिडको कारणले । तर पनि विभिन्न संचार माध्यमहरु मार्फत मतदाताहरुसम्म पुग्ने प्रयास छु । र सामुहिक रुपमा पनि प्रयास भइरहेको छ । प्रत्यक्ष रुपमा भेट नभएता पनि सबैजनलाई सम्झेको छु । र आउने निर्वाचनबाट मलाई महासचिव पदमा अत्याधिक बहुमतले मलाई जिताउनु हुनेछ भन्ने मलाई विस्वास रहेको छ ।
तपाई यस अघि पनि एनआरएनए यूकेको महासचिवका लागि सन् २०१७–१९ मा पनि मिहेनत गर्नु भयो, प्रवक्ता पनि वन्नु भयो । एनआरएनएको हरेक अभियानमा तपाई दौडिरहनु भएको छ । तपाई प्रवक्ता हुँदा के गर्नु भयो, अहिले पून: एक उम्मेदवार वन्दै हुनुहुन्छ ? तपाईको विगत र अहिलेको एजेण्डामा के फरक छ ?
सन् २०१५–१७ कार्यकालका लागि चुनाव भएन । सहमतिको आधारमा म प्रवत्ता वनें । र सम्भवतः एनआरएनएको इतिहासमा म नै त्यस्तो प्रवक्ता हो, जस्ले धेरै काम गर्ने मौका पाएँ । मैले सन् (२०१५–१७) मा पहिलो कुरा चाहीं प्रवक्ताको काम गरेर पनि च्यारीटि डिपार्टमेण्ट हेरें । च्यारीटि डिपार्टमेण्टको कार्डिनेटर सनत गुरुङको निर्देशनमा मैले १३ वटा च्यारिटीका कार्यक्रमहरु गरें । त्यसपछि मैले एनआरएनए यूकेकै इतिहासमा पहिलो पटक एनआरएनए भ्वाइस निकालें । संस्थागत रुपमा एनआरएनए भ्वाइस यूकेको मुखपत्र बनेको छ । त्यसलाई संस्थागत गर्ने प्रयास मैले गरें, र त्यो सफल पनि भयो । च्यारिटी डिपार्टमेन्ट र वन एनसीसी वन च्यारिटीको संयोजक समेत वन्न पाए । र त्यो प्रोजेक्ट पनि सम्पन्न भयो । ३५ लाखको प्रोजेक्टले पाँचथरको सिरिसे विद्यालयको पुनर्निर्माण गरियो । त्यो क्षेत्रमा पहिले २ घण्टासम्म हिैडेर मावि पुग्न पर्ने विद्यालयका वालवालिकाहरुका लागि पहिलो पल्ट आफ्नै गाउँमा एनआरएनए यूकेको त्यो प्रोजेक्टले गर्दा मावि विद्यालय बन्यो ।
तपाईलाई पाँचथरमा मा.वि बनाउदै गर्दा एनआरएनए यूकेको प्रवक्ता भएकै नाताले आफ्नै गाउँमा आफुले नाम कमाउनका लागि प्रोजेक्ट लानु भयो भन्ने आरोप छ नि ?
प्रवत्ताको रुपमा मैले एनआरएनए यूकेको अध्यक्ष, कार्यसमिति, अग्रजहरु र सल्लाहकारहरुको छुट्टाछुट्टै भेलामा मैले त्त्यो प्रोजेक्ट पास गराएको हुँ । उहाँहरुले नलैजा भनेको भए मैले त्यो प्रोजेक् पाँचथरै लैजाने थिइन जसले जे भने पनि ३५ लाखको प्रोजेक्ट एनआरएनए यूकेको इतिहासमा अर्को एउटा पून्य काम भएको छ । आजभन्दा ४४ बर्षअघि स्थापना भएको त्यो विद्यालय आज पहिलो पटक मावि वनेको छ । वालवालिकाहरुको भविष्य वनेको छ । यति हुँदा हुँदै पनि ३५ लाखको प्रोजक्टमा केवल ८ लाख रुपैयाँ मात्र एनआरएनए यूकेको पैसा रहेको छ । बाँकी रकम अन्य स्रोतहरुबाट जुटाइएको हो ।
सन् (२०२१–२३) मा छुटेको र तपाइका नयाँ एजेण्डाहरु के-के छन् ?
केही कुरा छन् । एउटा चाँही हामीले टिम स्पिरिटमा ध्यान दिन पर्ने हुन्छ । हामी एक हौँ भन्दै कसैलाई पाखा र कसैलाई काख भन्दा पनि एनआरएनएमा एउटा हामी सबैको अपनत्व हुने तरिकाले र कार्य समिति एकै ठाउँमा बसेर एउटा टिम स्पिरिट बनायौँ भने मात्र हामीले बाँकी कामहरु पुरा गर्न सक्छौँ । दोस्रो, वन एनसीसी वन प्रोजेक्ट २०१३ मा म्यग्दी र २०१५–१७ मा पाँचथर गयो तर कार्यकाल २०१७–१९ र २०१९–२१ मा मा कहिं कतिै पनि गएन । खुशी लिम्बूले २०१५–१७ मा गर्यो भनेर स्याबासी पनि पाउँदै गर्दा, अलिकति विरोध र अपजस पनि आयो । तर त्यसपछि वन एनसीसी वन प्रोजेक्ट कसले गर्यो ? तर अब म पुनः निर्वाचित भएमा २०२१–२३ मा एउटा वन एनसीसी वन प्रोजेक्ट हुनेछ । म त्यो विषय पनि कार्यसमितिमा राख्नेछु । त्यस्तै गरी यूकेमा नेपाली नागरिकताको विषयमा भइरहेको छुट्टाछ्ट्टै अभियानहरुलाई एनआरएनए यूकेले एक ठाउँमा ल्याउन पर्छ भन्ने मेरो सोचाई रहेको छ ।
तपाई अलिकत्ति विवादित विषयमा बढि हात हाल्नु हुन्छ । आफै विवादित वन्ने जस्ता गतिविधिले तपाईलाई एनआरएनएको यो महासचिवको उम्मेदवारीलाई मतदाताले कसरी हेर्लान ?
काम गर्दा विवाद आउने रहेछ । छोटो समयमा विभिन्न संघसंस्थामा रहेर परिणामजनक कामहरु गरेको छु ।
तपाई संस्था फुटाउने कि जुटाउनेमा जोड दिनु हुन्छ ? कत्तिले त आफु लिडर वन्नका लागि संस्था फुटाउने गरेका छन् नि र तपाईबाट पनि भयो भन्ने आरोप छनि के हो ? पत्रकार महासंघ यूकोलाई खुशी लिम्बूले २ भागमा विभाजन गर्यो भन्ने आरोप चाँही के हो ?
संस्था फुटाउने भन्दा पनि संस्था जुटाउनेमा मेरो जोड रहन्छ । हो अहिले नेपाल पत्रकार महासंघ यूकेको शाखा बेलायतमा २ वटा रहेको छन् । यस विषयमा मैले फुटाएको चाँही नभनौँ । मेरो साथ चाँही विपिन निरौला नेतृत्वको महासंघलाई हो । किन भने उनको नेतृत्वको महासंघमा सबै पत्रकारहरु छन् । म अर्को समुहसँग यति कुरामा असहमत छु कि, त्यो समु्हमा पत्रकारहरु प्राय सबै गैर–पत्रकारहरु मात्रै रहेका छन्।
तपाई बेलायतको दर्जनौ संस्थामा काम गर्न चाहानु हुन्छ, फोनिजमा पनि तपाई विवादित वन्नु भयो होइन ?
फोनिजबाट अलिकति विवाद आएकै हो । जुन अनावश्यक थियो । पदीय मर्यादालाई ध्यान दिंदै फोनिज यूकेबाट जनजाति महासंघ यूकेमा मात्रै रहेर काम गर्ने निर्णयले गर्दा त्यस्तो भएको हो । मलाई फोनिज यूकेबाट बिना कुनै कारण र कार्यसमितिका तीन जना बसेर निस्किासित गर्ने कसैसंग वैधानिक अधिकार छैन । विवादको चुरो त्यो थियो ।
व्यस्त समयका वावजुत पनि महासचिवको उम्मेरद्वार वन्नु भएको छ । कसरी समय व्यवस्थापन गर्दै हुनुहुन्छ ?
यस वर्ष चाँही म सधैं भन्दा अलि धेरै आशावादी भएर उठेको छु । अहिले यस्तो टिम छ, जस्ले जितेर आएपनि विशेष गरेर सबै व्यक्तिहरु विभिन्न क्षेत्रमा दक्ष हुनुहुन्छ । यो भन्दा अगाडि पनि बेलायतवासी नेपालीहरुको मायाले एकै समयमा ३–३ वटा बिभिन्न संस्थाहरुको कार्यकारी पदमाहरु रहेर काम गरें । तर अहिले कुनै पनि संस्थामा नरहेकाले आउने २ वर्ष चाँही एनआरएनए यूकेको टिममा रहेर काम गर्ने र जनताको सेवा गर्ने विस्वासले नै उम्मेदवारी दिएको हुँ ।
जीत रानाभाट र डा. मुकुन्द वास्तोला आफैमा एक कुसल व्यक्तित्वहरु हुनुहुन्छ । तर तपाईलाई नै किन मतदान गर्नु पर्ने ?
उहाँहरु दुवै जना क्षमतावान व्यत्तित्वहरु हुनुहुन्छ । मलाई किन उहाँहरुको ठाउँमा विजयी गराउनु पर्छ भने अनुभव, योग्यता र योगदानको कुरा हुन्छ । तर मैले पछिल्लो समय एनआरएनए यूकेको मुल प्रवाहमा रहेर मैले अलिकत्ति धेरै समय दिएको छु । मतदाताले वुझ्नु पर्ने कुरा अरु उम्मेरद्वारले के गरे र कति समय दिन सक्छन् भन्ने विषय हो ।
नयाँ जोश र जाँगर सहित उम्मेरद्वारी दिनु भएको छ । यो भन्दा पहिले केही उत्तरचढावहरु आए, कोभिडले गर्दा राम्रो काम पनि त हुन सकेन नि त ।
सन् (२०१९–२१) मा चाहीं संस्थापन पक्षले हार्ने पक्षलाई एक्लाएको भन्ने आवाज बाहिर आयो । यदि त्यसो हो भने (२०२१–२३) मा चाँही त्यसलाई अन्त्य गर्नु पर्छ । नेपाल हाउस बनाउन होस् वा वन एनसीसी वन प्रोजेक्ट भनौं, कुनै पनि काम गर्न टिम र एकताको भावना बलियो हुुनु पर्छ ।
अनलाईन भोटिङबाट निर्वाचन हुने विषयमा मतदाताहरु अझै अन्यौलमा रहेका छन् नि ?
निर्वाचन अधिकृतहरुसँग मेरो प्रत्यक्ष रुपमा यसको विषयमा जानकारी लिएको छैन । अनलाईन भोटिङ प्रणाली इतिहासमै पहिलो पल्ट यूकेमा गर्न गइरहेका छौँ । यो सन्दर्भमा म निर्वाचन समितिलाई अनलाइन भोटिङ प्रणालीमा उम्मेरद्वार र मतदाताहरुले केही प्राक्टिस गर्नु पर्छ, त्यसैले मतदाताहरुलाई भोटिङको विषयमा चाडो भन्दा चाडो जानकारी दिन अनुरोध गर्दछु ।
नेपाल हाउसको लागि उठाइएको पैसा कहाँ गयो ? सन् (२०१९–२०२१) मा साढे ४ करोड घोटला भयो भन्ने बिषयमा के भन्नु हुन्छ ?
यो विषयमा जहाँसम्म लाग्छ, कार्यकाल (२०१५–१७) मा उठाइएको पैसा चाँही त्यो कार्यकालमा निकै लापर्वाही तरिकाले खर्च भयो भन्ने सम्बन्धमा त्यो ४ करोडको सनदर्भ आएको हो । अब आउने कार्यसमितिले त्यो कसरी खर्च भएको भियो भन्ने विषयमा छानविन गर्ने छ । तर नेपाल हाउसका लागि कार्यकाल २०१५–१९ मा उठाइएको पैसा भने सुरक्षित छ भन्ने लागेको छ ।
निर्वाचनको संघारमा हुनुहुन्छ, सबै मतदाताहरुलाई के आह्वान गर्नुहुन्छ ?
सबै मतदाताहरुलाई म के भन्न चाहान्छु भने हामी नयाँ प्रणालीमा जाँदै छौँ । यस पटक चाँही विगतमा जस्तो नभएर आफ्नो स्वविवेकले भोट दिने व्यवस्था रहेको छ । धेरै मात्रामा आफ्नो स्वविवेक प्रयोग गरी मतदानमा सहभागी हुँदैहुनुहुन्छ । विगतको योगदान र भविष्यको सम्भावनालाई विचार गरी महासचिव पदमा खुशी लिम्बुलाई अत्याधिक मत दिएर विजयी गराउनु होला।
भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोस्