November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायतमा कोरोनाको डेल्टा भेरिएन्ट तिव्र रुपमा फैलदैं, पुन: लकडाउन गर्ने योजना

3.8K

एजेन्सी – १ मार्च पछि बेलायतमा शनिबार सर्वाधिक ८ हजार १२५ कोरोना संक्रमित फेला परेका छन् । यो फेब्रअरी पछिको सबैभन्दा ठूलो आंकडा हो । पब्लिक हेल्थ इङ्ल्याण्डका अनुसार गत एक हप्तामा कोरोनाको डेल्टा भेरिएन्टबाट संक्रमित हुनको व्यक्तिको संख्या ३० हजारले बढेको छ।

संक्रमितको संख्या वृद्धि हुँदै गएकाले त्यहाँको सरकारले जून २१ मा समाप्त हुने लकडाउन फेरी चार हप्ता विस्तार गर्ने भएको छ । जुन २१ देखि त्यहाँ सबै प्रतिबन्धहरू समाप्त गर्ने योजना रहेको थियो । तर फेरि दैनिक घटनामा बृद्धि भएपछि लकडाउन थप्ने योजना रहेको छ ।

यद्यपि बेलायतका प्रधानमन्त्री सचिवालयले यसबारे अन्तिम निर्णय गर्न सकेको छैन । यता ब्रिटिश मेडिकल एसोसिएशनले लकडाउन बढाउन अपील गरेको छ।

Advertisement