November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतमा दुई करोड भन्दा बढीले लगाए पहिलो डोजको कोरोनाविरुद्धको खोप

२०७७ फाल्गुन १७

2.3K

काठमाडाैं– बेलायतमा हालसम्म काेराेना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या दुई करोड नाघेको छ।

बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ।    

‘बेलायतमा २० मिलियनले खोपको पहिलो डोज लगाउन सफल भएका छन्, यो विशाल राष्ट्रिय उपलब्धि हो,’ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गर्दै भनेका छन्।

Advertisement

उनले सबैलाई खोपको लागि बोलाउने बित्तिकै तत्कालै खोप लगाउन समेत आग्रह गरेका छन्।