काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
कोहलपुर स्थित उक्त संस्थाले वरिष्ठ अधिकृतमा ३, अधिकृतमा ३, सहायक अधिकृतमा १, सहायक अधिकृतमा १, बरिष्ठ सहायकमा १५ र जुनियर फिल्ड सहायकमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले शैक्षिक योग्यताका प्रमाणपत्र, हस्तलिखित निवेदन, नागरिकताको फोटोकपी सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थाको कार्यालयमा दरखास्त दिनुपर्ने छ ।
थप जानकारीका लागि ईमेलः upakar.vacancy@gmail.com मा मेल गर्न सकिने जानकारी दिएको छ ।