October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

वैदेशिक रोजगार मञ्च लाहाचोकको समन्वयमा विविध सहयोग हस्तान्तरण

2K

काठमाडौं । वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विविध सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ। यसरी सहयोग पाउनेहरूमा विद्यार्थीहरूदेखि घाइते र मुटुपीडित रहेका छन् ।

यसै सिलसिलामा मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वमा गठित टिमले मुटुपीडित मिनादेवी रिमालको उपचारको लागि रु ५० हजार सङ्कलन गरी हस्तान्तरण गरेको छ । उनी भ्रुजुङखोला निवासी हुन् ।

यस्तैगरि मञ्चका सदस्य क्याम बहादुर घतानेको संयोजकत्वमा गठित टिमले लाहाचोक स्थित जनकल्याण आधारभुत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीहरूको लागि न्यानो कपडा बितरण गरिएको छ। उनीहरू सबैलाई स्वेटर , टोपी , पञ्जा र मोजा बितरण गरिएको हो। उक्त कार्यक्रममा कार्यपालिका सदस्य श्रीदेवी बिकले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नुभयो। सो कार्यक्रमका लागि आर्थिक सहयोग गर्नेहरूमा चन्द्रमोहन पौडेल , क्याम बहादुर घताने , पुर्ण बहादुर शाही (नर्वे,) बिष्णुहरी अधिकारी आदि रहेका थिए।

Advertisement

यसैगरि अर्को कार्यक्रममा महेन्द्र माविमा आर्थिक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। महेन्द्र मावि लाहाचोकका प्रअ मिनराज अधिकारीले एसईई तयारीका लागि ट्युसन शुल्क मिनाहा गराइएपनि होस्टेल खर्चको अभाव देखिएकोले उनकै अनुरोधमा ५ जना विपन्न विद्यार्थीहरूको लागि खर्च जुटाइ हस्तान्तरण गरिएको हो।

रकम सहयोग गर्नेहरूमा पुर्णबहादुर शाही नर्वे रु १६ हजार, अन्जु लम्साल काठमाडौं १६ हजार र राजेश घले हङकङबाट ८ हजार रहेका छन् ।

सोही अवसरमा पुर्णबहादुर शाही नर्वेका तर्फबाट प्राप्त ५ जनालाई शैक्षिक सामाग्री वितरण गरिएको थियो।

प्रधानाध्यापक मिनराज अधिकारीले सम्पुर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गरे। प्रदिप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगार मञ्चका लाहाचोकस्थित पदाधिकारीहरू देवी तिवारी, भुपेन्द्र सुनार , दिलिप रानाभाट , गोमा घले , राजु परियार , रुपा अधिकारीको उपस्थित रहेको थियो।कार्यक्रमको सञ्चालन सुशील श्रेष्ठले गरेका थिए।

केही दिन अघि मात्रै मञ्चका सचिव पुस्पराज अधिकारीको संयोजकत्वमा गठित टिमले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सङ्कलन गरि हस्तान्तरण गरेको थियो।

सम्पुर्ण कार्यक्रम राजु क्षत्री अपुरोको संयोजन र सुशील श्रेष्ठको व्यवस्थापनमा सम्पन्न भएको हो।