November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेपाल खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी

1.8K

काठमाडौं । नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । संस्थानले करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ६१ जनाको दरखास्त आह्वान गरेको हो ।

संस्थानले रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाद्वारा ६ महिनाका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको जनाएको छ । खानेपानी संस्थानले आफ्ना विभिन्न शाखामा गरी ६१ जना कर्मचारी मागेको छ ।

योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

Advertisement