November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

दक्षिण कोरियाले सन् २०२४ का लागि १ लाख ६५ हजार कामदार लैजाने

1.3K

काठमाडौं । दक्षिण कोरियाले सन् २०२४ का लागि १ लाख ६५ हजार कामदार कोरिया लैजाने भएको छ।
मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समिति बैठकले सन् २०२४ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख ६५ हजार कामदार लैजाने निर्णय गरेको हो।

सन् २०२४ का लागि तोकिएको १ लाख ६५ हजार कामदारमध्ये नयाँ कामदार १ लाख ४२ हजार ५ सय ३० जना जानेछन्। २१ हजार ४ सय ६० जना कोरियामा एक पटक काम गरेका हुनेछन् ।

उत्पादन क्षेत्रमा ९५ हजार र कृषि क्षेत्रमा १६ हजार जना कामदार कोरिया जान पाउने छन्।

Advertisement

पानी जहाज ५ हजार, निर्माणमा ६ हजार, सर्भिस क्षेत्रमा १३ हजार र २० हजार कामदार भने माग बढी हुने क्षेत्रमा लग्नेछ।

दक्षिण कोरियाले नेपाल, पाकिस्तात, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्वेकस्थान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार लैजाने गरेको छ।