November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पोलिटेक्निक इन्स्टिच्युटले माग्यो कर्मचारी

3.7K

काठमाडौँ – रामेछाम पोलिटेक्निक इन्स्टिच्युटले करार सेवामा दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

रामेछाप मन्थली स्थित उक्त इन्स्टिच्युटले कृषि प्रशिक्षक (अधिकृृत स्तर तृतीय प्रा.) मा २, कृषि प्रशिक्षक (अधिकृत स्तर तृतीय प्रा.) मा २, कृषि सहायक प्रशिक्षक (सहायक स्तर प्रथम प्रा.) मा २, प्रशासकीय सहायक (सहायक स्तर प्रथम प्र.) मा १ जना कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।

उक्त इन्स्टिच्युटका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले नागरिकताको फोटोकपी, पिपी साईजको २ प्रति फोटो, SLC/SEE भन्दा माथिका सम्पूर्ण शैक्षिक प्रमाणपत्र सहित १५ दिनभित्र दरखास्त दिनुपर्ने छ ।

Advertisement

विस्तृत जानकारीका लागि फोन नं. ०४८–५४०६२, ०४८–५४०६२७, ९८५४०४३५९२ अर्थात ईमेलः vacancyrpim@gmail.com मा सम्पर्क गर्नुपर्ने छ ।