April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

अब वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अनलाइन बाटै

2.4K

काठमाडौं– वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति अब अनलाइनमार्फत् घरै बसेर व्यक्ति स्वयम्‌ले लिन सक्ने व्यवस्था हुने भएको छ। 

सो व्यवस्थाअनुसार रोजगारीका क्रममा विदेशमा रहेकाले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन्। त्यस्तै रोजगारीबाट बिदामा फर्किएकाहरुले पनि घरबाटै अनलाइनमार्फत् पुनः श्रम स्वीकृति लिन सक्नेछन्।

एकसाताभित्रै संसारको जुनसुकै कुनाबाट पुनः श्रम स्वीकृति यो साताभित्रै त्यस्तो व्यवस्था गर्न लागिएको वैदेशिक रोजगार विभागका निर्देशक टिकामणी नेउपानेले बताए। 

Advertisement

सरकारले यस अघिनै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृतिको इलेक्ट्रिक भिस्सा (ई–स्टिकर) दिने व्यवस्था लागू गरिसकेको छ। त्यस्तै गरी केही समय अगाडी मात्रै वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा तथा कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि अनलाइन प्रणालीमार्फत् नै भुक्तानी गर्नसक्ने व्यवस्था गरेको छ।

जसका लागि ई–सेवा, फोन पे प्रालि, स्प्यारो पे प्रालिलगायत भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट घरै बसेर अनलाइनमार्फत् बिमा तथा कल्याणकारी कोषको रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ। उपलब्ध अन्य भुक्तानी सेवा प्रदायक कम्पनीसँग समेत सहकार्य गरेर थप सहज बनाइने उल्लेख गरिएको छ।