July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

इन्फिनिटी वित्तीय संस्थाले माग्यो कर्मचारी

2.5K

काठमाडौँ – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।

नवलपुर, गैडाकोट स्थित उक्त संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायकमा केहि कर्मचारीको आवश्यकता रहेको सूचना दिएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले बायोडाटा, हालसालै खिचेको पासपोर्ट साइजको फोटो सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त संस्थाको कार्यालयमा निवेदन दिनुपर्ने छ ।

Advertisement

थप जानकारीका लागि फोनः नं. ०७८–५०३३०१ मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।