April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कतार रोजगारीमा ‘सिन्डिकेट’ लागेको भन्दै व्यवसायीद्धारा विरोध

3.3K

काठमाडौं : कतार रोजगारीमा ‘सिन्डिकेट’ लाद्न खोजिएको भन्दै वैदेशिक रोजगार व्यवसायीले विरोध जनाएका छन्। केही म्यानपावर मात्रै संलग्न भई सुरक्षागार्ड र प्रहरीमा नेपाली कामदार पठाउने तयारी भएपछि अरू व्यवसायी असन्तुष्ट भएका हुन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गरी सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिएको छ। संघका पूर्वअध्यक्ष रोहण गुरुङले कतारको सुरक्षागार्डमा कामदार पठाउन सिन्डिकेट लाद्न खोजिएको बताए। यसमा कतारी राजदूतावासकै संलग्नता रहेको आशंका व्यवसायीले गरेका छन्। संघका महासचिव सुजितकुमार श्रेष्ठले सबै म्यानपावरले काम गर्न पाउनुपर्ने बताए।

वैदेशिक रोजगार विभागले भने सीमित म्यानपावरले कतार प्रहरीमा लैजाने भन्दै गैरकानुनी ढंगबाट अन्तर्वार्ता लिन लागेको गोप्य सूचनाका आधारमा सोमबार र मंगलबार तीन म्यानपावरमा छापा मारेको थियो। पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिएको विभागको आकस्मिक अनुगमनका क्रममा पाइएको छ। विभागले सोमबार एसओएस म्यानपावर सर्भिस प्रालि धापासी र डीडी ह्युमन रिसोर्स प्रालि गौरीघाट अनि मंगलबार होप इन्टरनेसनल म्यान

Advertisement