April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सर्वदलीय बैठककाे छलफल राष्ट्रपतिको बंगलादेश भ्रमणमै सीमित

2.9K

काठमाडौं : राष्ट्रपति विद्यादेवि भण्डारीले बोलाएको सर्वदलीय बैठकमा बंगलादेशमा हुने भ्रमणको बिषयमा मात्रै छलफल भएको छ। 

बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘बंगलादेशको भ्रमण रहेछ। त्यही बिषयमा छलफल गर्नका साथै चियापानका लागि बोलाउनुभएको रहेछ।’ 

उनले बैठकमा समसामयिक बिषयमा कुराकानीसमेत भएको बताए। बैठकमा माओवादी केन्द्रका अध्यक्ष, कांग्रेस नेता विमलेन्द्र निधि र जनमोर्चा अध्यक्ष केसीलगायतका नेताहरुले आआफ्नो धारणा राखेका थिए। 

Advertisement

उनका बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समसामयिक बिषयमा छलफल गरेर अगाडि बढ्नुपर्ने बताए। यस्तै, जनमोर्चा अध्यक्ष केसीले राष्ट्रपति र प्रधानमन्त्रीको कारणले अहिलेको समस्या आएको बताए।

‘तपाईं जिम्मेवार ठाउँमा बसेको मान्छेले विचार गर्नुपर्थ्यो। तपाईंहरुको कारणले यो अवस्था आयो’ उनले भने, ‘जनताले ५ बर्षमा लागि पठाएपछि हामीले जनमतको कदर गर्नुपर्छ।’ 

‘अहिले चुनाव र ताजा जनादेशमा जाने बेला छैन। त्यसैको कारणले अहिले गणतन्त्रमा कालो बादल मडारिरहेको छ’ उनले भने। 

राष्ट्रपति भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बंगलादेशको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारीको दुई दिवसीय भ्रमण तय भएको हो।