November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

भिसा सकिन लागेका विदेशी नागरिकको भिसा १३ महिना थप्दै दक्षिण काेरिया

5.8K

काठमाडौँ – दक्षिण काेरियाले भिषा अवधि सकिन लागेका विदेशी नागरिकहरुकाे भिसा थप गरिदिने भएको छ ।काेराेना भाइरसका कारणले आफ्नो मुलुक फर्कन नपाएका विदेशी नागरिकहरुलाइ राहत स्वरुप उनीहरुकाे भिसा थप १३ महिना थप हुन लागेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन ।

काेरियाकाे न्याय मन्त्रालयलाई उदृत गर्दै यॉघापले जनाए अनुसार E-9 लगाएतका बिदेशी कामदारको भिसा १३ महिना थप गर्ने र कोभिट १९ का कारण स्वदेश फर्किने अबस्था नभएका कामदारलाई भिसा थप गरि अस्थाई मौसमी कामदारको रुपमा काम गर्न अनुमति दिने जनाएको छ ।

भिसा थप हुनेमा F-1 भ्रमण तथा पारिवारिक भिषा,F-3 डिपेन्डेट भिसा ,H-2 भ्रमण तथा काम गर्ने भिसा ,E-9 राेजगार अनुमति भिसा पर्छन । उक्त नियम अाउदाे मार्च २ देखि लागू हुने छ ।उक्त अवसर बाट याे सेवा लिने विदेशीहरुले सन २०२२ मार्च ३१ सम्म १३ महिना सुविधा पाउने छन ।यस्तो समस्यामा परेका धेरै विदेशी नागरिकहरु काेरियामा छन ।याे निर्णयले उनिहरु खुसि भएका छन ।याे सुविधा बाट नेपाली नागरिक पनि लाभान्वित हुनेछन् ।

Advertisement