January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस चावहिलद्वारा रक्तदान कार्यक्रम सम्पन्न

2.2K

काठमाडौं । अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पस चावहिलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ५० जनाले रक्तदान गरेको अनेरास्ववियू पशुपति क्याम्पसका उपाध्यक्ष अशोक मश्रिले बताए ।

कार्यक्रम अनेरास्ववियु केन्द्रीय कमिटीका उपमहासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

यसअघि पनि अनेरास्ववियूले क्याम्पस रङ्ग रोकनको लागि एक रुपैयाँ अभियान संचालन गरेको थियो । सङकलन गरेर ससक्त आन्दोलन गरेको र हाल रङ्ग रोकन हुँदै गरेको बताईएको छ ।

Advertisement

अनेरास्ववियुले डजिटिल आइडी कार्डको व्यवस्था, बैंकिङ प्रणाली लागु गर्नुपर्ने जस्ता मागसहित क्याम्पसको विकास र भलाइका क्षेत्रमा सहयोग गर्दै आएको छ ।