March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

बुटवलमा लायन्स क्लबद्वारा विद्यालयमा शैक्षिकसामग्री तथा ब्याग वितरण

1.9K

काठमाडौं । ‘लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज’ले एक विद्यालयमा शैक्षिकसामग्री तथा ब्याग वितरण गरेकाे छ । पाल्पा जिल्लाकाे तिनाउ गाउँपालिका- ५ चरचरेस्थित चरचरे प्राथमिक विद्यालयमा उक्त सामग्री वितरण गरेको हाे ।

एक कार्यक्रमको आयोजना गरि आर्थिक विपन्न तथा पिछडिएका बालबालिकाहरूलाई सहयाेग गर्ने उद्देश्यले उक्त विद्यालयमा सहयाेग कार्यक्रम गरिएको भृकुटी प्यार्डाइजले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्लबका अध्यक्ष अमृता कार्की पाैडेल, विशिस्ट अतिथि तिनाउ गाउँपालिका वडा नम्बर- ५ का जनप्रतिनिधि मानबहादुर दर्लामी, अतिथिहरू चरचरे प्राविका व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर राष्काेटी साथै साेहि विद्यालयकाे प्राध्यापक गंगा पंगेनी र विद्यालयकाे अविभावककाे उपस्थितिमा ब्याग वितरण गरि कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

Advertisement

क्लबकाे अध्यक्ष सुमित्रा टण्डनकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लबकाे सचिव सुनिता न्याैपानेले गरेकी थिईन् भने क्लबकाे काेषाध्यक्ष गंगा लिम्बुकाे संयाेजन रहेकाे थियाे । राष्ट्रिय झण्डाकाे अभिवादन क्लबकाे डाईरेक्टर सरस्वती रानाले गरेकी थिईन् ।

क्लबकाे लाेगाेसहितकाे ज्याकेट लगाएर क्लबकी अमृता कार्की पाैडेलले कार्यक्रमको उद्घाटन गरेकी थिईन् ।