November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौंको इलिप्स स्कुलको छात्रावासभित्रै एक विद्यार्थी मृत फेला

3.5K

काठमाडौं । काठमाडौंको एक स्कुलको छात्रावासभित्रै एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल (इलिप्स) को छात्रावासभित्र विद्यार्थी मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृत फेला परेका विद्यार्थी धादिङ घर भई उक्त विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए । उनी गएराति आफू बस्ने कोठा भित्रै झुण्डिएको अवस्थामा परेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । मृत्युको कारण खुलिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement