April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विद्यार्थीलाई गगन थापाको सुझाव: आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ लाग्नुहोस

2.2K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन कुमार थापाले युवापुस्ताहरूलाई आफ्नो भविष्य उज्ज्वल बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरणतथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका हुन् ।

त्यस्तै, लुम्बिनी एकेडेमी कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सहि गन्तव्य रोज्नुभएकोमा धन्यवाद व्यक्त गरे ।

Advertisement

त्यस्तै, कार्यक्रमको विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् तिर्थ खनियाँ, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनि कोइराला, विविएम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनोरञ्जनार्थ कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकर सहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावक सहित विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ भने, व्याचलरतर्फ एमबिएस , बिबिएस, बिसिए, बिबिएम् लगायतका कोर्सहरू पठनपाठन हुँदै आइरहेका छन् । लुम्बिनी एकेडेमीक कलेज विशेषगरि व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।