November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विद्यार्थीमाथि शिक्षकले गरेको यौन दुर्व्यवहार काण्ड यसरी दवावमा मिलाइयो

3.7K

पोखरा – शैक्षिक हिसाबले अब्बल पोखराको अमरसिंह नमूना माध्यामिक विद्यालय काण्डै काण्डमा फसेको छ । भ्रष्टाचार, यौन दुर्व्यवहार, विद्यार्थी भर्ना प्रक्रिया, शिक्षक नियुक्ति जस्ता काण्ड विद्यालयमा छ । यिनै काण्डले यतिबेला विद्यालयमा तालाबन्दी भएको छ भने सम्पूर्ण गतिविधि ठप्प छ ।

विद्यालय राजनीतिक किचलोले लामो समय नेतृत्वविहीन भयो । दुईवर्ष अघि बल्ल बल्ल व्यवस्थापन समिति गठन भयो तर समितिले अझै पूर्णता पाउन सकेको छैन । पोखरा महानगरपालिकाको नेतृत्व नेकपा र वडाको नेतृत्व नेपाली कांग्रेसको हुनुको नियति विद्यालयले भोग्नुपरेको छ ।

समितिको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को छ भने नेपाली कांग्रेसको भागमा परेका सदस्यहरु खाली छन् । सदस्यका लागि कांग्रेसले पठाएका प्रतिनिधिहरुलाई समितिका अध्यक्षले अस्वीकार गरेपछि कांग्र्रेसले पनि अध्यक्ष लगायत अन्य सदस्यलाई अस्वीकार गर्दै आएको छ । बल्ल बल्ल गठन भएको व्यवस्थापन समिति पंगु बनेको छ ।

Advertisement

तीन वर्ष कार्यकाल हुने समिति दुई वर्ष पूर्ण नै नभइ, कुनै काम नै नगरी गुज्रिएको छ । जसले गर्दा विद्यालयको भौतिक संरचना निर्माण लगायतका महत्वपूर्ण कामहरु पूरै अवरुद्ध बनेको छ । 
यसैगरी विद्यालयमा यौन दुर्व्यवहारर काण्ड यतिबेला सतहमा आएको छ । यो काण्ड गत मंसिरकै हो । विद्यालय एक शिक्षकमाथि कक्षा ११ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । 

विद्यालयमा कक्षा ११ र १२ पढाउने शिक्षक उदयराज पोखरेलमाथि यस्तो आरोप लागेको हो । यो काण्ड मच्चिएपछि वडाध्यक्ष रामबहादुर कार्की र प्रधानाध्यापक तेजस्वी बरालको दवावमा भित्रभित्रै मिलाइएको थियो । 

स्रोतका अनुसार वडाध्यक्ष र प्रधानाध्यापकले पीडित विद्यार्थी र उनको अभिभावकलाई दवाव दिएर आरोपित शिक्षकले पीडित विद्यार्थीसंग माफी मागेपछि घटना मिलाइएको थियो ।