काठमाडौं । तेह्रथुममा एक पुरुषले आफ्नै आमाको हत्या गरेको छ । लालिगुराँस नगारपालिका–३ मुसाङ्खेल बस्ने ५४ वर्षीय होमबहादुर खड्काले ८१ वर्षकी आमा गंगामाया खड्काको हत्या गरेको हो ।
प्रहरीकाअनुसार गाई गोठको पालिमा छोराले आमामाथि लठ्ठी प्रहार प्रहार गरेको हो । टाउको र हातमा लठ्ठी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र मृतक गंगामाया खड्कालाई पोष्टमाटमको लागि जिल्ला अस्पताल तेह्रथुम पठाएको प्रहरीले जनाएको छ ।