November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

शर्मिला वाइबा फेरि पक्राउ

965

पोखरा । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबा फेरि पक्राउ परेकी छिन् । विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा उनलाई पोखराको लेकसाइडबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले गत २६ साउनमा विद्युतीय कारोबारविरुद्धको कसुर (साइबर अपराध) मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएको थियो । त्यसैका आधारमा वाइबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको वाइबालाई थप कारबाहीका लागि काठमाडौं ल्याइदै गरेको प्रहरीले जनाएको छ ।

Advertisement

उनीविरुद्ध उनकै सहकर्मीले दिएको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएको थियो ।

वाइबा यसअघि २०८० चैतमा पनि साइबर अपराध मुद्दा तथा कुटपिट गरेको अभियोगमा पक्राउ परेकी थिइन् । त्यतिबेला उनी कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।