काठमाडौं । पाँचथरमा श्रीमतीको हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ससुरालीमै गएर श्रीमतीको हत्या गरेको आरोपमा फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङ पक्राउ परेका हुन् ।
प्रहरीकाअनुसार गएराती १० बजे घरायसी विवाद हुदाँ तामाङले २२ वर्षीया श्रीमती अनु राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
फिदिम नगरपालिका–१ स्थित नाम्दु ससुरालीमा आएका तामाङले कोदालोको पासो प्रहार गरी श्रीमतीलाई गम्भीर घाईते बनाएका थिए । घाइते राईलाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि झापाको बीएण्डसी अस्पताल बिर्तामोडमा लगिएको थियो । उपचारका क्रममा आज बिहान करिब ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
घटनापछि फरार रहेका तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डिएसपी) कौशल कुमार बुढाथोकीले दिए ।