January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

चक्रे मिलनसहित ४७ जना पक्राउ

940

काठमाडौं । गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चक्रे मिलनले जन्मदिन मनाउने नाममा होहल्ला गरेर सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

उनहीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले महाराजगन्जको शाम्बाला होटलबाट गएराति नियन्त्रणमा लिएको हो ।

mostbet

उनीहरू बिहीबार दिनभर अरुलाई आतंकित पार्ने गरी सवारीका लावा लस्करसहित हिँडेको पाइएको प्रहरीले जनाएको छ । गुरूङ गाडीकाे लावालस्कर लगाएर सडकमा गुडेकाे थाहा भएपछि प्रहरीले उनीमाथि निगरानी बढाएकाे थियाे। तीनवटा गाडीले बाटाे छेकेर सडकमा गुडेकाे सामाजिक सञ्जालमा पोष्ट भएकाे भिडियाे अपराध अनुसन्धान कार्यालयमा पुगेपछि उनी प्रहरी निगरानीमा परेका थिए।

Advertisement

पक्राउ परेका सबैलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।