काठमाडौं । झापामा लागुऔषध कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । काठमाडौंबाट खटिएको लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा शनिबार दिउँसो गोली चलाएको हो ।
गोली चलाएर आरोपीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भद्रपुरमा कारोबारीलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
सो क्रममा आरोपी मोहम्मद इस्लामको खुट्टामा गोली लागेको छ । दुई राउन्ड गोली चलाइएकोमा उनको खुट्टामा गोली लागेको हो । उनको साथबाट करिब १२० ग्राम खैरो हिरोइन बरामद भएको छ भने घाइते भारतीय नागरिक मोहम्मदलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको छ ।