November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यूके पठाइदिने भन्दै ११ करोड ठगी, दुईजना पक्राउ

1.1K

काठमाडौं । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै करोडौं ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Advertisement

उनीहरूले हालसम्म ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा परेको छ ।

पराजुली काठमाडौं–१६ सरस्वतीनगर बस्दै आएका थिए भने शर्मा काठमाडौं–३२ नरेफाँटमा बस्दै आएका थिए । पराजुलीकी श्रीमतीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।