काठमाडौं । आफ्नी बहिनीलाई जिस्काएको निहुँमा ललितपुरमा एक युवकले अर्का युवकको हत्या गरेका छन् । ललितपुरका अनुसार रामेछाप घर भई हाल महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने २५ वर्षीय सुमन रसाइलीले ३० वर्षीय रिपक खातीको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । सुमनले रिपकलाई गएराति ओचुहाइटस्थित शिवमन्दिर नजिकै भेट्न बोलाएर खुकुरी प्रहार गरी रिपकको हत्या गरेका थिए।