March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

850

विराटनगर । झापामा लागुऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्।

झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार असोज २१ गते लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका धनुषाको मिथिला नगरपालिका-९ का २८ बर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम ब्राउनसुगरसहित र बुद्धशान्ति गाउँपालिका-३ का ३३ बर्ष बर्षीय रोजन राजवंशीलाई १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

Advertisement

लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।