April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

905

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४२ वर्षीय रामकुमार जिमी रहेका छन् ।

प्रहरीका अनुसार रामकुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई बिहीवार काठमाडौं महानगरपालिका–२५ सुन्धाराबाट पक्राउ गरेको हो ।

Advertisement

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।