March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

पोल्याण्ड पठाइदिन्छु भनेर ठगी गर्ने महिला पक्राउ

1.4K

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेका छन् ।

सोमबार पक्राउ परेकी कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका–३ मनकामना टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Advertisement