January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

सहकारी कर्मचारीको साथबाट ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

1.2K

काठमाडौं । सहकारी कर्मचारीको साथबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । रकम लुट्नेमा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए ।

Advertisement