May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

अष्ट्रेलियामा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट मृत्यु

595

काठमाडौं । अष्ट्रेलियाको पर्थमा चक्कु प्रहार गर्दै हिँडेका नाबालिगको प्रहरीको गोलीबाट मृत्यु भएको छ ।

अन्तरास्ट्रिय समाचारअनुसार गोली लाग्नुअघि नाबालिगले एक व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाएका थिए । पीडितको अवस्था गम्भीर तर स्थिर रहेको जनाइएको छ 

प्रहरीले शनिबार राति अबेरसम्म एक व्यक्तिले चक्कु प्रहार गरी सामान्य क्षति पुर्याएको जानकारी प्राप्त भएको जनाएको छ ।

Advertisement

नाबालिगको उमेर १६ वर्ष थियो । उनलाई रोक्न गोली चलाइएको प्रहरीले जनाएको छ । गोली लागेका नाबालिगको उपचारका क्रममा मृत्यु भएको हो ।