January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

पाँचथरको मिक्लाजुङमा धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या

945

पाँचथर। पाँचथरको मिक्लाजुङ गाँउपालीका–३ आरुबोटेमा एकजनाले धारीलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घटनामा सासुआमा र छिमेकी गम्भिर घाईते भएका छन् ।

पारिवारीक समस्या भएपछि मिलाउन बसेको बेला तुम्बेवा–४ को हाङगुमका असफल कुरुम्बाङले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्टर सुमित कुशुवाले जानकारी दिए ।

सासु गोमा फियाक र छिमेकी गम्भिर घाईते भएका छन् ।
घाइतेलाई उपचारका लागि झापा पठाइएको वार्ड अध्यक्ष जिवन फियाकले जानकारी दिए । हत्यामा संलग्न कुरुम्वाङ फरार छन् ।

Advertisement

पाँच बर्ष अघि सोही ठाँउमा यस्तै प्रकृतिको घटना हुँदा नौँ जनाको हत्या भएको थियो । ज्वाईले ससुराली र आफन्तका ९ जनाकाे हत्या गरी आत्माहत्या गरेका थिए ।