September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

कांग्रेस सहमहामन्त्री माथि भएको आक्रमणप्रति तरुण दलको निन्दा

585

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री माथि भएको आक्रमणप्रति भातृ संगठन नेपाल तरुण दलले निन्दा गरेको छ । पार्टीका प्रभावशाली नेताहरूमाथि आक्रमण भइरहेको भन्दै तरुण दलले अब चुप लागेर नबस्ने बताएको हो।

तरूण दल अध्यक्ष विद्वान गुरूङले विज्ञप्ति जारी गर्दै ‘यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार भएको’ उल्लेख गरेका छन्। उनले यस घटनाको घोर भर्त्सना र निन्दा गरेका छन्। उनले भने, ‘अब तरूण दल चुप लागेर सहेर बस्न सक्दैन । हरेक घटनामा कांग्रेसका प्रभावशाली नेताहरूलाई आक्रमण गर्ने यो मनस्थितिको विषयमा तरूण दल प्रधानमन्त्री र गृहमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराउँछ।’

विज्ञप्तिमा प्रहरी प्रशासन मुकदर्शक बनेको पनि बताइएको छ। ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनेको छ, यो विषय सामान्य होइन । दोषी नै नभएको व्यक्ति पक्राउ गर्न अघि सर्ने प्रहरी दिउँसै हात-हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न सक्दैन’, विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

उनले घटनाको गहिरो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

महामन्त्री यादवमाथि राजावादी भनेर चिनाउँदै हिड्ने नुवाकोटको श्याम सापकेटाले आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । भने आक्रमण गर्ने सापकोटा प्रहरीको नियन्त्रणमा छ्न् ।