February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

लागूऔषध सेवन र याैन क्रियाकलाप गरिरहेका ११ जना रङ्गेहात पक्राउ

गंगा खापुङ लिम्बु
२०८० श्रावण २३

2.3K

बुटवल । बुटवलमा ११ जना युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा चारजना युवतीहरू र ७ जना युवकहरू रहेका छन् ।

सृजनानगरबाट रातको ११ बजे पक्राउ परेका उनीहरूलाई लागूऔषध सेवन तथा याैन क्रियाकलाप गरिरहेको अवस्थामा स्थानीय र जनप्रतिनिधिले रंगेहात पक्राउ गरिएको जनाइएको छ । उक्त घरमा हाेहल्ला र लागूऔषध काराेबार हुने गरेकाे स्थानीयले बताएपछि बुटवल ११ का जनप्रतिनिधिसहित प्रहरीहरू पुगेका थिए । दुईजना भने भाग्न सफल भएका थिए ।

यसअघि पटकपटक जनप्रतिनिधिहरू आएर सम्झाएको तर अटेर गरेपछि यसपटक रंगेहात पक्राउन गर्न सफल भएकाे स्थानीय जनप्रतिनिधि नकुल शाहीले बताए ।

Advertisement

लागूऔषध कारोबार गर्न तथा याैनजन्य क्रियाकलाप गर्न दिएकाे भन्दै स्थानीय र प्रहरीले उक्त घरमा ताला लगाईदिएका छन् । घरबेटीलाई मुद्दा चलाउन सृजनानगर टोल विकास संस्थाले निवेदन पनि दिएको छ । घरबेटीले यसअघि पनि नक्कली मह प्रकरणमा पक्राउ परेकाहरूलाई आश्रय दिएका थिए ।

पक्राउ परेका ११ जनालाई प्रहरी चाैकी रामनगरमा राखिएकाे छ। पक्राउ परेकाहरूको विवरण प्रहरीले सार्वजनिक गरेकाे छैन ।