April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

साउदी अरबमा गोलाबारी हुँदा दुईजनाको मृत्यु, एक नेपाली भएको खुलासा

3.1K

काठमाडौं। साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा गोलाबारी हुँदा २ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा एक जना सुरक्षा गार्ड र एक जना बन्दुकधारी रहेको अन्तरास्ट्रिय समाचारमा उल्लेख गरिएको छ ।

गोलाबारीमा अमेरिकाको वाणिज्य दूतावासमा काम गर्ने एक नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनामा कुनै पनि अमेरिकी नागरिकलाई क्षति नपुगेको बताइएको छ ।

साउदी अरबको मिडिया रिपोर्टमा एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाडी रोकेर बन्दुकसहित सुरक्षा बल सामु पुगेका थिए । त्यसपछि सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

Advertisement