November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

कम्युनिष्ट नेताहरु सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना राजावादी पक्राउ

2.4K

काठमाडौं । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा हुलदंगा गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

खनालसहित कम्युनिष्ट नेताहरु नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी रहेको उक्त कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

९ जनाको संख्यामा आएको अराजक समूहले पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् ।

Advertisement