April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सिद्धबाबा प्रकरणः ‘पूर्ण पाठ आएपछि पुनरावेदन जान्छौं’

3K

काठमाडौं – अनुयायीमाथि बलात्कार गरेको आरोपमा थुनामा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालतले सोमबार सफाइ दियो। बलात्कार अभियोगमा झुम्कास्थित कारागारमा कैदी जीवन बिताइरहेका बाबाले हिजो सफाइ पाएका हुन्।

सफाइ पाएपछि बलात्कार अभियोगमा छुटेका बाबाको चौतर्फी आलोचना भइरहेको छ। उनी यसअघि सुनसरीस्थित चतरामा आश्रम बनाएर बस्दै आएका थिए। 

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको हो। बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका गिरीका वकिलहरूको एकतर्फी बहस सुनेपछि न्यायाधीश कोइरालाले सफाइ दिएका थिए। हिजोको बहसमा सरकारी वकिलहरू समेत अदालतमा उपस्थित थिएनन्।

Advertisement

पूर्ण पाठ आएपछि पुनरावेदन जान्छौं

जिल्ला सरकारी वकिल कार्यालका न्यायाधिवक्ता गोकुल बहादुर निरौलाका अनुसार अदालतले पीडित पक्षको सम्पूर्ण प्रमाण कार्यालयमा नरहेकोले पेसी रोक्न पनि अनुरोध गरिएको थियो।

मुद्दा अभियोगको नक्कल मिसिल पत्र थियो। विराटनगरस्थित सरकारी वकिल कार्यालयमा पठाएकाले उताबाट समस्या आएको थिएन।

आजभोलि नै उक्त पत्र आउने र अदालतको पूर्ण फैसला आएपछि अध्ययन गरी पुनरावेदन गरिने उनले बताए। ‘हामीले पीडितका लागि न्याय दिने काम गर्छौं,  उनीहरुको पक्षमा बहस गर्छौं,’ उनले भने, ‘फैसलाको प्रतीक्षामा छौं। हामीले जसरी पनि पीडितलाई न्याय दिलाउँछौं।’

नेपालमा बलात्कारजस्तो जघन्य अपराध मानिएको घटना दैनिक एक देखि दुई वटा सार्वजनिक हुने गरेको छ। बलात्कारको सबै अभियोग प्रमाणित भइसक्दा पनि दण्डहीनताले प्रश्रय पाइरहेको जस्तो आभास भएको छ। पीडितले न्याय नपाउने र पीडकले उन्मुक्ति पाउनुले पनि यस घटनाले सिद्ध गर्छ।

सिद्धबाबाले पीडितलाई आश्रममा बोलाएको म्यासेज प्राविधिक पक्षबाट प्रमाणित भएको, पीडित आश्रममा गएको पुष्टि र बाबाले माफी मागेको अडियो आवाज बाबाकै भएको प्रयोगशालाबाट प्रमाणित भएको थियो।