November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतमा नवजात शिशु हत्याको अभियोगमा नेपाली महिला दोषी ठहर

3.2K

लण्डन – अल्डरशटमा एक शिशुलाई घात गरेको अभियोगमा एक नेपाली महिलालाई अदालतले दोषी ठहर गरेको छ ।

बेलायतको विन्चेस्टर क्राउन कोर्टले विहीबार बबिता राईलाई दोषी ठहराएको हो ।

अदालतले उनलाई हत्याको दोषी भने ठहर गरेन ।

Advertisement

शुक्रवार १९-मे २०१७ दिउँसो १. ३० बजे अल्डरशटको मनोर पार्कमा नवजात शिशु (बालिका) को शव भेटिए लगत्तै प्रहरीलाई जानकारी दिइएको बारेमा अदालती सुनुवाई भएको थियो।

राईलाई के कति सजायँ हुन्छ भने जुलाई १९ मा मात्र थाहा हुनेछ ।