अमेरिकी राजदूत र ओलीबीच बाइडेन प्रशासनका प्राथमिकताबारे छलफल
काठमाडौं– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका प्राथमिकताबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन्। शुक्रबार बालुवाटारमा बाइडेनका प्रमुख प्राथमिकताबारे छलफल भएको नेपालस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। भेटका क्रममा राजदूत बेरीले बाइडेन प्रशासन जलवायु परिवर्तन‚ आणविक प्रसार‚ साइबर युद्ध‚ कोभिड-१९ जस्ता कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी...