विराटनगर कारागारबाट छुटे ३१ कैदी
मोरङ – विराटनगर कारागारबाट ३१ जनाकाे कैद सजाय मिनाहा भएको छ। विराटनगर कारागारबाट ३० र बाल सुधार गृहबाट १ गरी ३१ जना कैदीको कैद सजाय मिनाहा भएको हो। प्रजातन्त्र दिवसको अवसरमा सरकारले उनीहरुको कैद मिनाहा गरेको विराटनगर कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए। विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा धेरै कर्तव्य ज्यान मुद्दामा संलग्न १६ जना रहेका...