रौतहटमा बस र अटो ठाेक्किदा ३ जनाको मृत्यु
काठमाडौं : रौतहटको चन्द्रपुर नगरपालिका–२ लच्कामा बस र अटो रिक्सा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका– २ का ४९ वर्षीय ढकबहादुर लुंगेली मगर, ३९ वर्षीय प्रेम ठाडा मगर र अटो चालक ३९ वर्षीय रवि मगरको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलबहादुर बुढा मगरका अनुसार काठमाडौंबाट सर्लाहीका लागि छुटेको बागमती...